arrow

स्पेनले संघर्ष गर्दा पोर्चुगलको सहज जित, रोनाल्डो गोलविहीन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
spain-football-2022.jpg

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । 

स्पेनलाई जिताउन पाब्लो सराबियाले निर्णायक गोल गरे । उनले खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा गोल गरेका हुन् । यो जितसँगै लिग ए समूह २ को स्पेनले ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

शीर्ष स्थानको पोर्चुगलको ३ खेलबाट ७ अंक भएको छ । बिहीबार राति चेक गणतन्त्रलाई २–० ले पराजित गर्दै पोर्चुगलले शीर्ष स्थानलाई कायमै राखेको हो । लिस्बनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे । बाँकी समय दुवै टोलीले गोलको मौका पाए पनि सदुपयोग गर्न सकेनन् । 

समूहमा पराजित चेक ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । अंकविहीन स्वीट्जरल्याण्ड पुछारमा छ । 

नेसन्स लिगका बिहीबार रातिधका अन्य खेलमा लिग बी समूह ४ अन्तर्गत नर्वे र स्लोभेनियाले गोलरहित बराबरी खेल्दा सर्बियाले स्वीडेनलाई १–० ले हरायो । 

लिग सी समूह २ को खेलमा ग्रीसले साइप्रसलाई ३–० ले तथा कोसोभोले उत्तरी आयरल्याण्डलाई ३–२ ले हरायो । 

 



नयाँ