arrow

ऊर्जा क्षेत्रको विकासमा सरकार गम्भीर नभएको गोकर्ण विष्टको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
gaokarna-bista.jpg

काठमाडौं। नेकपा एमालेका सांसद गोकर्ण विष्टले ऊर्जा क्षेत्रको विकासको लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले विगतका दुई सरकारका तुलना गर्दै वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका हुन् । 

पूर्व उर्जामन्त्री समेत रहेका विष्टले भने,' यसअघिका सरकाले बजेटहरूमा ऊर्जा क्षेत्रमा कुल खर्च अनुमानको ७.४ प्रतिशत र ७.२ प्रतिशत बजेट विनियोजन भएको थियो भने यो सरकारले आगामी वर्षको बजेटमा कुल बजेटको ६ प्रतिशत विनियोजन गरेको छ । यो सरकार ऊर्जा क्षेत्रको विकासको लागि जलस्रोतको विकास मार्फत राष्ट्रिय समृद्धि प्राप्त गर्ने दिशामा कति गम्भीर र छ भन्ने कुरालाई पुष्टि गरेको छ ।' 


उनले सबैलाई प्रयोग गर्न पुग्ने बिजुली नेपालमा नभएको बताए । उनले भने,' एउटा दुई किलोबाट को इन्डक्सन चुलो प्रयोग गरेर ६० लाख परिवार ले एकै पटक एक घण्टा बिजुली प्रयोग गर्ने हो भने हाम्रो देशको लागि १२ हजार मेगावाट बिजुली आवश्यक पर्दो रहेछ तर हामीसँग २१ सय ७१ मेगावाट मात्र बिजुली छ ।' 

उनले विद्युतीय सवारीसाधनमा सरकारले कर लगाएको बताए । सन् २०१२ देखि २०२१ सम्म घरेली र औद्योगिक उत्पादनमा करिब सरदर ७८ प्रतिशत ऊर्जा खपत भएको उनले सुनाए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ