- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका संसद शेरबहादुर तामाङले ५०० मेगावाटको विद्युतको जेनेरेशल लाइसेन्स बिना प्रतिस्पर्धा दिइएको बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,' मैले सुने अहिलेको मन्त्री ज्यू भन्दा अगाडि एक दिनको सूचनामा ५०० मेगावाटको विद्युटको जेनेरेशल लाइसेन्स दिइएको छ । प्रतिस्पर्धा गरिएको छैन । पिपिए गर्दा खेर हिसाब किताब गरिएको छ । सिधा आँखा जुधाएर भन्न सक्नुपर्छ । काहि न काहि पैसा नबुझाई पिपिए गरिएको छैन । '
उनले यस्तो रोग भएसम्म नेपालको विद्युत् बन्न नसक्ने बताए । नेपालको बगिरहेको पानीको प्रयोग गरेर यो मुलुकको समृद्धि विकास र नेपाली जनतालाई धनी बनाउने कुरामा हामी बढ्न सक्छौ ।
'हामीसँग आर्थिक अभाव छ । यदि जनताको लगानी जुटाउने हो भने । हर जलविद्युतमा जनताको शेयर लगानी गर्ने फर्मायाट तयार गर्न जरुरी छ । यो काम नगर्ने हो भने १ रुपैयाँ गरेर गए पनि केही फरक पर्दैन । यसले कुनै काम दिने छैन ।
उनले सरकारको ध्यानाकर्षण गराउँदै भने बृहत् राष्ट्रिय हित सोचेरै छलफल गरौँ ।