arrow

लक्ष्मणलाल कर्णले सोधे - विद्युत् भारतलाई नबेचेर चीनमा लगेर बेच्ने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
laxmanlal-karna-2079-02-24.jpg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले नेपालको विद्युत्  भारतलाई नबेचेर कहाँ बेच्ने भनेर प्रश्न गरेका छन् । 

 प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले भने,' जलस्रोतमा हामी धनी छौ । धनी भएर विक्री गर्न खोज्छौ । मैले  यही संसद्मा भन्दा खेरि  विद्युत् भारतलाई बेच्ने,  देश त खत्तम गर्न लाग्यो । भारतको हातमा दिन लाग्यो बिक्री गर्न लाग्यो भन्ने पनि छन् । अनि कहाँ बेच्ने त ? चीनमा लगेर बेच्ने । यो के प्याकिङ गरेर युरोप अमेरिका पठाउने कुरा हो ? होइन भने विक्री त्यही गर्नुपर्छ ।' 

उनले ओडिया खोलामा बाध बाध्र्नुपर्ने बताएका छन् । उनले भने,'ओडिया खोला हेर्न जानुस् । त्यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ हेर्नुस् । जबसम्म हामीले सिचाइ र नियन्त्रणको व्यवस्था गर्दैनौ अघि बढ्दैनौ ।'

सरकारको कार्यक्रम राम्रो भएको तर बजेट नपुग्ने बताए ।  बलात्कारका घटनामा  जाहेरी दर्ता गर्नुपर्ने उनले सुझाए । 'यदि झुटो रहेछ भने मुद्दा नचलाउने ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ