arrow

दुई जलविद्युत आयोजना बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई दिइयो : भीम रावल

दुई तिहाइ बहुमत आवश्यक पर्ने निर्णय सरकार एकलैले गरेको रावलको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
bhim-rawal-2079-02-24.jpg

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले दुई जलविद्युत आयोजना विना प्रतिस्पर्धा भारतीय कम्पनीलाई दिइएको बताएका छन् । शुक्रवार संसद्मा बोल्दै उनले दुई तिहाइ बहुमत आवश्यक पर्ने निर्माण सरकार एक्लैले गरेर भारतीय कम्पनीलाई जिम्मा लगाएको बताए । 

उनले भने,' सामरिक दृष्टिकोण बाट सन्धि गर्नुपर्‍यो भने दुई तिहाइ बहुमत आवश्यक हुन्छ सदनको साथै प्राकृतिक स्रोत साधनको बाडफाड गन्नुपर्‍यो भने दुई तिहाइ बहुमत आवश्यक हुन्छ । तर लगानी बोर्डको नाममा अहिले धमाधम यी कुराहरूलाई मिचिएको छ ।  केही दिन अघि पश्चिम सेती र एसआर दुई जलविद्युत आयोजना विना प्रतिस्पर्धा भारतीय कम्पनीलाई दिइयो ।'

रावलले यो भारतलाई विद्युत् बेच्ने नबेच्ने भन्ने कुरा मात्र नभएको बताए । उनले भने,' यो कुनै देशसँग विद्युत् बेच्ने नबेच्ने भन्ने कुरा होइन । सबैभन्दा पहिले नेपालको आवश्यकता पूर्ति हुनपर्‍यो । हाम्रो देशको प्राकृतिक स्रोतको उपयोग हाम्रो राष्ट्रिय सुरक्षाको विषयमा पनि हुन्छ ।' 

सदनमा रावलले भने,' कुनै पनि देशको परराष्ट्र नीति बहुआयमिक हुन्छ । त्यसले अर्थतन्त्र प्राकृतिक स्रोत साधनको आरु देशसँग उपयोग गर्ने विषय राष्ट्रिय सुरक्षा लगायतका विषयहरूलाई समेटेको हुन्छ । नेपाल जस्तो विश्वकै दुई ठुला देशहरूको बीचमा अत्यन्त सम्बोधनशील भूराजनीतिक मा रहेको दशेले यो विषयमा झनै गहन बिचार गर्नुपर्ने अवस्था छ ।'  

'नयाँ संविधानमा हामी स्वतन्त्र परराष्ट्र नीति अपनाउनेछौ । सबै असमान सम्धि सम्झौताको पुनर्विलोकन गरेर अब उपरान्त असमान प्रकारका सम्झौता गर्ने छैनौ भनेर त्यहाँ प्रतिबद्धता व्यक्त गरेका थियौ ।  अहिले प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्राय सबै जसो नेताहरू त्यो प्रतिबद्धतामा आबद्ध हुनुहुन्थ्यो ।' 



नयाँ