arrow

रक्तदाता दिवसको अवसरमा शनिवार बृहत् रक्तदान कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
raktadan-manav.jpg

काठमाडौं । यस वर्ष ‘जीवन अमूल्य छ, बाचौँ र बचाऔँ' भन्ने नाराका साथ देशभर विविध गतिविधिका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । 

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै छ ।

२८ गते शनिवार समितिको केन्द्रीय कार्यालय गौशालाको प्राङ्गणमा अपराह्न १२ बजेबाट रक्तदान हुदैछ ।

बृहत् रक्तदान कार्यक्रम-२०७९ मा सहभागी हुन समितिले सबैमा निमन्त्रणा गरेको छ।

३१ गते मङ्गलवार भने ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर- १ दमाईटार बडाकार्यालयमा आयोजना हुने समितिले जनाएको छ ।

दमाईटार बडाकार्यालयमा बडा नम्बर १ र समितिको सं‌युक्त आयोजनामा रक्तदान हुदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ