arrow

गौरवशाली आयोजनालाई आफैँले बनाउनुपर्दछ : दुर्गा पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
durga-paudel.jpg

काटमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) की सांसद दुर्गा पौडेलले सन्तुलित प्रकारले सबै मन्त्रालयमा बजेट विनियोजन नभएको बताइन्। उनले ऊर्जा मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा विदेशी कम्पनीलाई बनाउने दिने काम भइरहेकाले त्यसलाई रोक्दै सरकारले नै ठूला आयोजना आफैँले बनाउनुपर्ने बताइन् । 

“ठूला नदीनाला विदेशीलाई सुम्पने अनि सरकारले के गर्ने त”, उनले प्रश्न गरिन्, “गौरवशाली आयोजनालाई आफैँले बनाउनुपर्दछ ।” राष्ट्रिय गौरवका आयोजनामा सिक्टा सिँचाइ, रानी जमरा सिँचाइ आयोजना, भेरी-बबई डाइभर्सन जस्ता राष्ट्रिय गौरवका आयोजना प्रगति हुन नसकेको उनको भनाइ थियो ।

पौडेलले सरकारले किसानलाई बीउ, मल उपलब्ध गराउन माग गरिन् । उनले अहिले किसानले बीउ र मल नपाएर तड्पिरहेका भन्दै किसानलाई बीउ र मल उपलब्ध गराउन सरकारसग माग गरिन्।

“सरकारले कृषिलाई देखाउनका लागि कृषिप्रधान देश राख्ने हो कि कृषिलाई प्राथमिकता दिने हो ?” उनले प्रश्न गरिन् । उनले संसद्ले छलफलमा राखेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताइन् । 

बैठकमा सांसद पौडेलले ‘विनियोजन विधेयक-२०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृहमन्त्रालय’, दीपकप्रकाश भट्टले विनियोजन विधेयक-२०७९ अन्तर्गत परराष्ट्र मन्त्रालयको शीर्षक, सांसद विष्टले विनियोजन विधेयक-२०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय’ र सांसद खगराज अधिकारीले विनियोजन विधेयक-२०७९ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कामय गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ