arrow

'केही लाख डलर, भारु र युआनका अगाडि राष्ट्रियता कमजोर बन्नु हुँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
yagyaraj-sunar.jpg

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपालको राष्ट्रियता दह्रो बनाएर लैजानुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले नेपाल वीर पुर्खाहरूको इतिहास बोकेको देश भएको बताए । 

सांसद सुनुवारले भने,' केही लाख डलर, केही लाख भारु, केही लाख युआन, पाउण्ड स्टलिङ वा यूरो अगाडि नेपालको राष्ट्रियता कमजोर बन्नु हुँदैन । नेपालको राष्ट्रियताले धक्का खाएको महसुस गर्नु हुँदैन । हाम्रो देश सार्वभौमसत्ताको लागि विगत देखि नै लडेर आएको वीर पुर्खाहरूको इतिहास बोकेको देश हो ।'

उनले भने,' देश भूगोलको हिसाबले सानो ठुलो हुन सक्छ । कुनै देशको जनसङ्ख्या धेरै थोरै हुन सक्छ तर राष्ट्रियताको दृष्टिकोणले  सार्वभौम सत्ताको दृष्टिकोणले सानो ठुलो हुन सक्दैन । नेपालको सन्दर्भमा हामीले तटस्थता र असंलग्नता सन्तुलित परराष्ट्र नीतिको अभ्यास मार्फत अघि बढ्दै गयौ । यो नै नेपालको एउटा उपयुक्त थियो । तर यो सरकार केही समय यता परराष्ट्र नीतिमा कोल्टे कतै पक्षधरता जस्तो देखि रहेको छ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ