arrow

७४ वर्षे ठूलोबुबाबाट २१ वर्षीया भतिजीमाथि करणी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Arrest-Crime.jpg

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

पीडितलाई माइती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ