arrow

वन कार्यालय चन्द्रनिगाहपुर घोटाला : कर्मचारी आन्दोलनमा, प्रमुख कार्यालयबाट भागे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
rautahat-baan.jpg

चन्द्रपुर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरू आफूहरूमाथि अन्याय भएको भन्दै आन्दोलित भएका छन् । 

सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समय देखि दाखिला नगरी डिभिजन वन प्रमुख अमर देव यादवले अपचलन गरेको भन्दै डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत सम्पूर्ण कर्मचारी आन्दोलित भएका हुन । 

उनीहरूले कार्यालयको मुख्य गेटमा तीन घण्टा सम्म तालाबन्दी गरेका छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत बन अधिकृत, रेञ्जर, फरेष्टर, बन रक्षक, जमदार लगायत १ सय १० जना कर्मचारीको सेवा सुविधा बापत कट्टा गरिएको झण्डै ६० लाख रुपैयाँ १८ महिना देखि दाखिला नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन । 

कर्मचारी आन्दोलित भएपछि बन प्रमुख अमर देव यादव कार्यालयबाट भागेका थिए । कर्मचारी आन्दोलित भएपछि बनगस्ति देखि प्रशासनिक कार्य समेत ठप्प भएको छ । 

मधेस प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको प्रमुख अमर देव यादवको गैर जिम्मेवारीका कारण कट्टा रकम दाखिला नभएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ