arrow

विश्वविजेता फ्रान्स जितविहीन, क्रोएसियालाई सफलता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
mbappe-france-2022.jpg

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्वकप विजेता फ्रान्स  बराबरीमा रोकिएको छ । फ्रान्स अष्ट्रियासँग बराबरीमा रोकिएको हो । खेल १–१ गोलको बराबरीमा रोकिएको हो । 

सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे । यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै शुरुआती अग्रता दिलाए थिए । 

यस्तै, समूहको अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई १–० अन्तरले पराजित  गर्‍यो  । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे । 

डेनमार्कको यो पहिलो हार हो । लिग १ समूह १ मा डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । समान खेलबाट समान ४ अंक भए पनि अष्ट्रिया दोस्रो र क्र्रोएसिया तेस्रो स्थानमा छ । यस्तै २ अंक बनाएको फ्रान्स पुछारमा छ । 

शुक्रबार रातिका अन्य खेलमा लिग बी समूह २ को खेलमा इजेरलले अल्बानियालाई २–१ ले, लिग सी समूह ३ को खेलमा बेलारुस र काजखस्तानले १–१ को बराबरी खेल्दा लिग डी समूह १ को खेलमा एन्डोराले लिचटेन्सटेनलाई २–१ ले हरायो । 



नयाँ