arrow

विश्वकप लिग टु क्रिकेटमा नेपालले अमेरिकासँग खेल्दै, जितको बहार ल्याउन नेपाल आतुर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
nepal-cricket-odi-2079-final.jpg

काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग खेल्न लागेको हो । 

नेपाल र अमेरिका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुरु हुनेछ । अमेरिकाविरुद्ध मैदानमा उत्रदा नेपाल  पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग जित नजिक पुगेर पनि १३ रनले पराजित भएपछि नेपालले महत्वपूर्ण २ अंक गुमाएको थियो । 

अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल भने अमेरिकालाई उसकै भूमिमा हराएर महत्वपूर्ण दुई अंक बटुल्न चाहन्छ ।

पछिल्लो चार आपसी भिडन्तमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ।

अंक तालिका 

लिग टु मा ओमान ३४ खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २० खेलबाट २८ अंकसहित दोस्रो तथा यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । 

अमेरिका २१ खेलबाट २० अंकसहित चौथो, नामिबिया १४ खेलबाट १४ अंकसहित पााचौं तथा नेपाल १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । 

पपुवा न्यूगिनी २० खेलबाट मात्र २ अंकसहित पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ