arrow

मानव धर्मले गर्‍यो बृहत् रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
blood-donation-raktadata.jpg

काठमाडौं । विश्व रक्तदाता दिवस नजिक नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।शनिवार समितिको केन्द्रीय कार्यालय गौशालाको प्राङ्गणमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । 

रक्तदान विश्व रक्तदाता दिवसको दिन समितिका विभिन्न आश्रममा पनि हुनेछ। काठमाडौंमा भने ३१ गते मङ्गलवार ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर- १ दमाईटार बडाकार्यालयमा आयोजना हुने समितिले जनाएको छ ।

समितिले काठमाडौंका अस्पतालमा रगत अभाव भएपछि आकस्मिक रक्तदान गर्दै आएको छ । संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ । समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ