- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसिया कप २०२३ फुटबलमा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको हो ।
पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको नेपाल लगातार दोस्रो हारसँगै छनोटको झिनो आशाबाट बाहिरिएको हो । कुवेतलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे ।
नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे । हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भनेका छन् । ४० वर्ष अघि एसियाली खेलकुदमा नेपालका वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।
खेलको २८औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४८औं मिनेटमा युसेफ दोस्रो गोल गरे । खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गरे भने ७३औं मिनेटमा अल्फानिनीले टोलीको अग्रता ४–० को बनाए । खेलको इन्जुरी समयमा दर्शनले बक्स भित्रबाट गोल सान्त्वना गोल गरे ।
यस हारसँगै नेपालले २ खेलबाट कुनै अंक जोड्न सकेको छैन । पहिलो जित निकालेको कुवेतको २ खेलबाट तीन अंक रहेको छ ।
नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।