arrow

विधिको पाठ बुझाउँदा उल्टै भाइरल बनाइएका वडाध्यक्ष रिजालको घरमा वालेन्द्रको लञ्च मिटिङ  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
walendra-mukunda-rijal-ward-16.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ‘बालेन’ ले महानगरको कामकारबाहीलाई सहज बनाउने उद्धेश्यका साथ वडा अध्यक्षहरुसँगको छलफल थालेका छन् । सोही क्रममा शनिबार साहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालकै घर बालाजुमा भेट्न पुगेका साहले फोहर व्यवस्थापनका साथै महानगरका कामकारबाहीमा सुझाव मागेका थिए । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपक्षा गरेका थिए ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’सँगै रिजालको निवास पुगेका साहले झण्डै दुइ घन्टा बिताएका थिए । लञ्चसहितको छलफमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै नगरप्रमुखलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । 

यस्तै पाटी भन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा आफूले सहयोग गर्ने पनि रिजालले बताएका थिए ।

रिजालले भने, ‘नगर प्रमुखज्यूसँग छलफल भएको हो । महानगरपालिका केन्द्रित छलफल भयो ।’

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय विधिको पाठ बुझाउन खोजेका रिजाललाई उल्टै सामाजिक संजालमा तोडमोड गरेर अनावश्यक भाइरल बनाइएको थियो । 

रिजालले कुनै पनि विषयमा छलफल नगरी निर्णय गर्न नहुने भन्दै पहिले बैठकमा प्रस्ताव आउनु्पर्ने र त्यसमा छलफल गरी विधिवत् रुपमा निर्णय गर्नुपर्ने सुझाएका थिए । तर त्यसलाई अफवाह फैलाएर रिजाललाई भिलेन बनाउन खोजिएको थियो । 

रिजालले प्रक्रियागत रुपमा अगाडि बढ्नु पर्छ भन्दा उल्टै उनीमाथि असहयोगको ट्याग भिराउने प्रयत्न भएको थियो । 

सोही कारण चर्चामा आएका रिजाललाई भेटेर सुझाव लिएसँगै उनीमाथि हिलो छ्याप्न गरिएको प्रयत्न असफल भएको छ । 

रिजालले प्रत्यक्ष प्रसारण गरिएको उक्त महानगरको कार्यपालिकाको पहिलो बैठकमा आफू समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिको संचालन प्रक्रियामा टेकेर हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।

वालेन्द्रले भने आफू कुनै दलको प्रतिनिधि नभएकाले स्वतन्त्र भएर निर्णय गर्न सक्ने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ