arrow

रावलले भने- देउवा पाँच पटक प्रधानमन्त्री हुँदा त यस्तो सात चोटि भए के होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
bhim-rawal-mcc-.jpg

काठमाडौं।  संसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रति टिप्पणी गर्दै  ७ पटक प्रधानमन्त्री भए नेपालमा के हुन्छ भनेका छन् । मन्त्रालयको खर्च कटौती गरेर १ रुपैयाँ राख्नुपर्ने माग राखेका प्रतिनिधि सभामा बोल्दै रावलले यस्तो बताएका हुन् । 

उनले भने,' विसं २०५२ सालमा शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा देश द्वन्द्वात्मक तिर धकेलियो र देशको हितमा आँच पुग्ने महाकाली सन्धि भयो । त्यसपछि अर्को पटक प्रधानमन्त्री हुँदा देशमा प्रतिगमन भयो । र अहिले सम्बन्ध मिच्दै राष्ट्रिय हित विपरीत धमाधम शक्ति राष्ट्रहरूसँग सामरिक लगायतका सम्झौता हुदैछन् । र नेपालको स्वधिता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ । वहाँ पाँच चोटि प्रधानमन्त्री हुँदा त यस्तो ७ चोटि हुनुहुन्छ भन्नुहुन्छ त्यो बेलासम्ममा त नेपालमा के हुन्छ भन्ने आशङ्का गर्नुपर्ने स्थिति छ ।' 

संयुक्त राष्ट्र सङ्घको बडापत्र, आधारित स्वतन्त्र परराष्ट्र नीतिको उल्लङ्घन भएको उनले बताए । 



नयाँ