- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सहकारीले आफूलाई बैङ्क नठान्न सुझाव दिएका छन् । आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ मा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
बैङ्कको जस्तो अभ्यासले सहकारीको भलो नहुने पनि उनले बताए । सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले सबैमा आग्रह गरे । उनले सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि धारणा राखे ।
उनले नागरिकलाई समूहबद्ध गराउनाका साथै क्षमता विकास, सम्पत्तिको मालिक बनाउने स्रोतसाधनमाथि पहुँच स्थापित गर्नमा सहकारी अभियानले ठूलो सहयोग गरेको बताए ।