arrow

'हाम्रा सबै मन्त्री घोप्टे हुनुभयो' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
bhupendra-thapa.jpg

काठमाडौं । सांसद भूपेन्द्रबहादुर थापाले मन्त्रीज्यूहरू सबै घोप्टो भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने- 'अहिले बजेट राज्यको छ, योजना मन्त्रीको छ । हाम्रा मन्त्री कस्तो हुनुभयो भने - हाम्रा मन्त्री सबै घोप्टे हुनुभयो । बजेट जति सबै आफ्नै निर्वाचन क्षेत्रमा घोप्टाउने ।' 

उनले भने,' योजना छनौटको विधि राज्यको बजेट मन्त्रीको योजना भयो। यसलाई उल्टाएर राज्यको बजेट जनताको योजना बनाउनुपर्‍यो । बस्ती स्तरबाट समस्यालाई सङ्कलन गरेर वडाहरूले समस्या समाधान गर्न सक्छ ।'

उनले गाँउसभाले आफुले गर्न नसक्ने योजनाहरू प्रदेश र सङ्घमा पठाउने र प्रदेश सभाहरू आफुले नसक्ने योजनाहरू सङ्घमा पठायो भने जनताले समस्या महसुस गरेका योजनाहरू वास्तवमा जनताको योजना हुने बताए । 



नयाँ