- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित हासिल गर्दा पोर्चुगल भने पराजित भएको छ । आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २–० गोल अन्तरले हराएको हो ।
स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २–० को जित दिलाए ।
जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।
स्पेनले ४ खेलमा ८ अंक जोडेको छ । आइतबार रातिको खेलमा पोर्चुगल भने पराजित भएको छ । पोर्चुगल स्वीट्जरल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको हो ।
यो हारपछि पोर्चुगल ७ अंकसहित दोस्रो स्थानमा छ । चेक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्याण्डले ३ अंक बनाएको छ ।
यूईएफए अन्तर्गत अन्य खेलमा लिग बी समूह ४ को खेलमा स्लोभेनिया र सर्बियाले २–२ गोलको बराबरी खेले । लिग सी समूह २ को खेलमा ग्रीसले कोसोभोलाई २–० ले हरायो । लिग डी समूह २ को खेलमा माल्टाले सान मारिनोलाई १–० ले हरायो ।
आज १९ः४५ बजे लिग सी समूह ३ को खेलमा काजखस्तान र स्लोभाकिया खेल्नेछन् । २१ः४५ बजे अजरबैजान र बेलारुस खेल्नेछन् ।