arrow

सांसदले भने- किसानको बगेको आँशुले यो सरकारलाई बगाउनेछ 

कृषिमन्त्री काशी, गया जानु भयो कहाँ इस्नान गरेर आउनुभयो कि ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
Mahendra-Raya-Yadav.jpg
कृषि मन्त्री महिन्द्र राय यादव

काठमाडौं ।  सांसद पदम गिरिले मल नपाएका किसानको आँशुले सरकार बग्ने टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चाँडो मलको व्यवस्था गर्न माग गरे । 

उनले भने,' आज किसानले यही स्थितिले मल नपाउने हो भने किसानहरू निरीह भएर यसरी नै रोएर बस्नुपर्ने अवस्था हो भने  सारा देश भरका किसानहरूले हलो हँसिया बोकेर सडकमा आउनुपर्नेछ ।  आम किसानको बगेको आँशुले यो सरकारलाई बगाउनेछ ।'  

उनले अघिल्लो सरकाले सुरु गरेको प्रस्ताव लत्त्याएको बताए । उनले भने,'आज डिएपी युरिया मल चैत देखि यहाँ आउन सकिरहेको छैन ।किसानहरू बारम्बार हामीलाई मल देऊ भनिरहेका छन् ।  सरकारले उदासीनता देखाएको छ । विगतको सरकारले भारतसँग जी२जी गरेर मलको प्रक्रिया अगाडि बढाएको थियो । तय त्यसलाई यो सरकारले लत्त्यायो ।'

उनले कृषि मन्त्री महिन्द्र राय यादव काशी, गया कता गएको भनेर पनि जवाफ दिन माग गरे । उनले भनेर,' आज बल्ल जब किसानलाई मल चाहिएको छ । जनतालाई मल दिनको निम्ति होइन आँखामा छारो हाल्नका निम्ति कृषि मन्त्री ज्यू भारत घुमेर आउनु भएको छ ।  वहाँ काशी गया जानु भयो कहीँ इस्नान गरेर आउनुभयो कि । यसको जवाफ दिनुपर्छ । सरकारले फागुन १६ मा जी२जी मार्फत मल ल्याउने प्रक्रिया सुनियो । तर त्यसका केही दिन पछाडि फ्याटनरिक कम्पनीका बीचमा समझदारी बन्न सकेन आउन सकेन भन्ने देखिन्छ । के यो सरकार यति निरीह भएर लाचार भएर बस्न मिल्छ कि मिल्दैन ?' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ