arrow

प्रचण्ड, माधव र उपेन्द्रसँग पनि मागियो स्पष्टीकरण  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
deuba-prachanda-nepal-yadav.jpg

काठमाडौं । नेमकीपाका सांसद प्रेम सुवालले सत्ता गठबन्धनमा शीर्ष नेताहरूसँग स्पष्टीकरणको माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,' प्रधानमन्त्रीलाई जस्तै माधव नेपाल जी, प्रचण्ड जी र उपेन्द्र जीलाई मल आपूर्ति नहुनुको कारण बारे स्पष्टीकरण दिन लगाउन जरुरी छ । सभामुख ज्यूसँग म आग्रह गर्न चाहन्छु ।' 

उनले भने,' पाँच दलीय सरकारले मल उपलब्ध गराउन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ध्यान गर्न निम्ता दिनुभयो । ध्यान सकिएपछि अरुण चार ६०० मेगावाटको उपहार दिनुभयो । जी२जी अनुसार मल किन पठाउनुभएन भने शिर उठाएर जिज्ञासा राख्नु भएन । यस कै परिणाम हो ।'

उनले सोधे,' प्रधानमन्त्री ज्यूले सरकार नेपाली कांग्रेसको एकलौटी नभएको भन्नु भएर मल आपूर्ति नभएकोमा गठबन्धन सरकारमा सहभागी नेताहरू प्रचण्ड, माधव र उपेन्द्र जीलाई देखाउनु भएको हो कि ?' 
 



नयाँ