arrow

जिसस गोरखामा माओवादीका थापा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
Gorkha-hamrakura.jpg.jpeg

गोरखा । गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन भएका छन् । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए।

समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित भएका छन् । उनी सहिद लखन गाउँपालिका-९ बाट वडा सदस्यमा विजयी भएका थिए । 

प्रमुख थापा गोरखा नगरपालिका-९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । समन्वय समितिको सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गङ्गाबहादुर वयलकोटी  निर्विरोध चयन भएका छन् । समन्वय समितिमा कूल २२ मतदाता थिए । 

जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई पालिकामा प्रमुख र पाँच  पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ