- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोएसियासँग १–० अन्तरले पराजित भएको छ ।
पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोएसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो ।
यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोएसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।
फ्रान्स र क्रोएसिया रहेको लिग ए समूह १ को अर्को खेलमा डेनमार्कले अष्ट्रियालाई २–० ले हरायो । डेनमार्क ४ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ भने अष्ट्रिया ४ अंकसहित तेस्रो स्थानमा छ ।
लिग बी समूह २ को खेलमा इजरेल र आइसल्याण्डले २–२ गोलको बराबरी खेलेका छन् ।