- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजमा आज नेपालले ओमानसँग खेल्दैछ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले ओमानसँग खेल्न लागेको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले राति ९ः१५ बजे खेल्न लागेको हो । ओमानविरुद्ध मैदानमा उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । नेपाल जित नजिक पुगेर पनि पराजय भोग्न पुगेको थियो ।
दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो । नेपालले २७४ रन बनाएकामा अमेरिका पनि २७४ रनमै समेटिएको थियो ।
हेड टु हेडमा नेपाल ओमान
ओमानविरुद्ध खेल्न नेपाललाई सहज छैन । अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमान सबैभन्दा बलियो नै मानिन्छ ।
ओमानविरुद्धको भेट नेपालका लागि सुखद छैन । पछिल्लो ५ भेटमा नेपालले १क पटक मात्र जित निकालेको छ ।
अंक तालिकामा ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अन्तिम खेलमा नेपालले बुधबार अमेरिकाविरुद्ध खेल्नेछ ।