arrow

रक्तदाता दिवसमा मानव धर्मको देशव्यापी रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
blood-donation-damaitar.jpg

काठमाडौं । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देश भरिका आश्रमहरूमा रक्तदान कार्यक्रम गरिएको थियो ।

मङ्गलवार साँझसम्मको आँकडा अनुसार काठमाडौंमा कुल १०९ जना र हरिवनमा ४९ जना रक्तदाताले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालय गौशालाले जानकारी दिएको छ ।

काठमाडौंमा गत शनिवार समितिको केन्द्रीय कार्यालय गौशालाको प्राङ्गणमा ६० जनाले रक्तदान गरेका थिए भने आज ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर- १ दमाईटार बडाकार्यालयमा ४३ जनाले रक्तदान गरेका छन् । 

समितिले काठमाडौंका अस्पतालमा रगत अभाव भएपछि आकस्मिक रक्तदान गर्दै आएको छ । संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ ।समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ