arrow

ओमानलाई हराउन आतुर नेपाल पहिले फिल्डिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
nepal-oman-2022-06-14.jpg

काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेलिरहेको छ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले ओमानसँग खेलिरहेको हो । 

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गरेको हो । ओमानविरुद्ध मैदानमा उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा रहेको छ । नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । नेपाल जित नजिक पुगेर पनि पराजय भोग्न पुगेको थियो । दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो । नेपालले २७४ रन बनाएकामा अमेरिका पनि २७४ रनमै समेटिएको थियो । 

हेड टु हेडमा नेपाल ओमान 
ओमानविरुद्ध खेल्न नेपाललाई सहज छैन । अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमान सबैभन्दा बलियो नै मानिन्छ । 

ओमानविरुद्धको भेट नेपालका लागि सुखद छैन । पछिल्लो ५ भेटमा नेपालले १क पटक मात्र जित निकालेको छ ।

अंक तालिकामा ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अन्तिम खेलमा नेपालले बुधबार अमेरिकाविरुद्ध खेल्नेछ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ