arrow

इन्डोनेसियासँग नेपालको नराम्रो हार, मुख्य प्रशिक्षकले भने- दोष मलाई जान्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
almutairee-2022.jpg

काठमाडौं । एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० ले पराजित भएको छ । छनौटको अन्तिम खेल मङ्गलवार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा भएको थियो । 

योसँगै नेपाल प्रतियोगिताको अन्त्यमा रहेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ अन्तरले पराजित भएको थियो।

हारसँगै  नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरूलाई दोष नदिन  भनेका छन् । 

फेसबुकमा उनले लेखेका छन् ." एसिया कप २०२२ को छनोटमा हाम्रो यात्रा समाप्त भएको छ । हामीले धेरै सकारात्मक अङ्कहरू पाउँछौँ र कमजोरीहरू पनि हामीले अर्को सेप्टेम्बरमा हाम्रो मैत्रीपूर्ण खेलहरू अघि समाधान गर्न आवश्यक छ। म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्।'



नयाँ