arrow

'प्रधानमन्त्रीले आफ्नै शैलीमा हुन्न भन्ने जवाफ दिनुपर्‍यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
gagan-thapa-budget-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले भने,' एसपीपीको विषयमा म गम्भीरतापूर्वक प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।'

थापाले भने,' प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । पार्टीको निर्णय पनि यही हो । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो बैठकमा आएर प्रधानमन्त्रीज्यूको तर्फबाट स्पष्ट पार्नु पर्‍यो ।'

'यस्तो प्रकृतिको सम्झौता अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । नेपालले गर्दैन हुँदैन, वहाँको आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन गर्दैन, गर्दैन, गर्दैन भन्नुभएपछि यस विषयमा उठेका आशङ्का, संशयहरू, भ्रमहरू बन्द हुन्छन् । यो विषयमा म गम्भीरतापूर्वक प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । ’

रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्नु भएको छ । यही संसद्मा उभिएर तत्काल आफ्नो धारणा राखिदिनु होला ।   नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी चाहे छिमेकी देश सँग होस मित्र राष्ट्रसँग होस । नेपाल त्यसमा सहभागी हुन सक्दैन, हुन पाउँदैन । नेपालको विकासका लागि सबै मित्रराष्ट्रसँग मिलेर काम गर्ने हो ।'



नयाँ