arrow

संसद बैठक राति साढे ९ बजेसम्म बस्यो, बिहीबार पनि बजेट सम्बन्धमा छलफल, प्रधानमन्त्रीले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार राति साढे ९ बजेसम्म चलेको छ । बुधबारको बैठक बिहान ११ बजेपछि बसेको थियो । बजेट विनियोजन सम्बन्धी छलफलका क्रममा सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेक्रम नसकिएकाले बिहीबार पनि बैठक बस्ने भएको छ । 

निर्धारित कार्यक्रम अनुसार बुधबारसम्म छलफलको कार्यक्रम तोकिएको थियो । तर जवाफ दिने क्रम नसकिएकाले बैठक बिहीबार पनि बस्ने भएको हो । बैठक दिउँसो १ बजेदेखिमात्र शुरु हुनेछ । 

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै जवाफ दिन बाँकी रहेका मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । 

बैठकमा रक्षा, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ।

बुधबारको बैठक १० घण्टा बसेको थियो । बुधबारको बैठकको अन्त्यमा गृहमन्त्रालयबारे उठेका प्रश्नको गृहमन्त्री बालकृष्ण खाँडले जवाफ दिएका थिए । तर अन्तिमसम्म भने संसदमा सांसदहरुको संख्या अत्यन्त न्यून रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ