arrow

अमेरिकामा नेपालले तीन अंक जोड्यो, करण बने प्लेयर अफ द सिरिज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
cricket-nepal-karan-kc.jpg

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले तीन अंक जोड्न सफल भएको छ । नेपाल, अमेरिका र ओमान सम्मिलित प्रतियोगितामा नेपालले दुई खेलमा हार बेहोर्यो । एक खेल जित्दा नेपालले एक खेलमा बराबरी गर्यो । 

नेपालले लिग टुको शीर्ष स्थानमा रहेको ओमानलाई एक खेलमा पराजित गर्दा अमेरिकासँग एक खेलमा बराबरी गर्यो । तर ओमान र अमेरिकासँग एक एक खेलमा पराजय बेहोर्यो । अन्तिम खेलमा बिहीबार बिहान नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो । 

अंक तालिका

यो खेलपछि ओमान ३६ खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा कायम छ । स्कटल्याण्ड २० खेलबाट २८ अंकसहित दोस्रो तथा यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । 

अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा रहँदा नेपालले आफूलाई सुधार गर्दै १६ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा पुगेको छ । 

नामिबिया १४ खेलबाट १४ अंकसहित छैटौं तथा पपूवा न्यूगिनी २० खेलबाट २ अंकसहित पुछारमा छ । 

करण बने प्लेयर अफ द सिरिज 
नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् । टेक्ससमा बिहीबार सकिएको श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।

करणले अन्तिम खेलमा अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए । करणले यस श्रृंखलामा कुल १३ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ