arrow

मर्स्याङ्गदी नदीमा खस्यो टिप्पर, चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
truck accident tanahun.jpg

तनहुँ । मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको टिप्पर आज बिहानै तनहुँमा दुर्घटनामा परेको छ । 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी जलविद्युत परियोजनाको पावर हाउसस्थित रूवाखोला पुलबाट मर्स्याङ्गदी नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मनपाङ घर भएका ४७ वर्षीय रामबहादुर दमै रहेका छन् । 

ग१क ४४६९ नम्बरको मिनी टिप्पर आज बिहान साढे ४ बजे रूवाखोला पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका चालक दमैलाई तत्काल उद्धार गरेर उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएकोमा ६ः१० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ