arrow

अर्थमन्त्रीका कुरा नसुन्ने भन्दै एमालेका सांसदहरुले उठेर गरे विरोध [प्रत्यक्ष प्रशारणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
bhanubhakta-dhakal-parliament-uml.jpg

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई सरकारले कारबाही गरी मन्त्रीबाट नहटाएकाले करका दरको संजाल अर्थमन्त्रीमात्रमा सीमित नभई अन्त पनि फैलिएको हो कि भनी आरोप लगाएको छ । 

एमाले सांसद भानुभक्त ढकालले संसद बैठकमा बोल्दै उनी सहभागी भए संसद बैठकमा सहभागी नहुने भन्दै करका दरमा चलखेल गर्ने अर्थमन्त्रीलाई आजको बैठकमा जवाफ दिनका लागि बोलाउने प्रपञ्च गरिएको भन्दै आपत्ति जनाए । 

उनले आजको कार्यसूचीमा अर्थमन्त्रालय सम्बन्धी छलफलमा सहभागी नहुने भन्दै संसद रोक्ने प्रयास नगरियोस् भनेका छन् । 

राष्ट्रघात गरिएको भन्दै टुलुटुलु सहेर नबस्ने उनले बताएका छन् । योसँगै एमालेले सांसदहरु उठेर विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले जवाफ दिने भन्दै बैठक अगाडि बढाएका थिए । 

एमाले सांसदहरु भने उठेका छन् । उनीहरुले नारा पनि लगाएका छन् । तर अर्थमन्त्री शर्माले भने जवाफ दिइरहेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ