arrow

संसद असहज बन्दै, एमालेले अर्थमन्त्रीको कदमलाई ‘गद्दारी’ र ‘राष्ट्रघात’ भन्दै छाड्यो संसद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
uml-parliament-2079-03-02.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक बहिस्कार गरेको छ ।  प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई गद्दारी र राष्ट्रघात गरेको भन्दै आरोप लगाउँदै संसद बैठक बहिस्कार गरेको बताएका हुन् ।

त्यससँगै एमालेका सांसदहरु संसद बैठक छाडेर बाहिरिएका छन् । एमाले बाहिरिए पनि संसद बैठक भने जारी छ । सभामुख अग्नि सापकोटाले संसद चलाइरहेका छन् । 

 गद्दारी र राष्ट्रघात भन्ने शब्द फिर्ता लिन आग्रह गर्दै यो शब्द संसदको रेकर्डबाट हटाइएको जानकारी दिएका थिए । 

तर एमालेका प्रमुख सचेतक भट्टराईले भने कुनै पनि हालतमा शब्द फिर्ता नहुने भन्दै समूहमै बाहिरिएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ