जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन एक दिने सूचना
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७९ असार २ बिहिबार
1.4k
Shares
दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकाले जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन सूचित गरेको छ । ३० बैशाख २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिकाका सम्पूर्ण जनप्रतिनिधिलाई आर्थिक वर्ष २०७८–०७९ को सम्पत्ति विवरण बुझाउन सूचना गरिएको हो ।
असार २ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरजप्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा पालिकाका जनप्रतिनिधिलाई असार ३ गतेभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।
मालिकार्जुन गाउँपालिकाले यसअघि गाउँपालिका अन्तर्गतका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न भनेको थियो ।