arrow

एमालेको बहिस्कारबीच विनियोजन विधेयक पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
parliament-2079-03-02-deuba.jpg

काठमाडौं । संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो । 

यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।

सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए ।  गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो । विनियोजन विधेयक पारित हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसदमा पुगेका थिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने उक्त क्षणको बैठक बहिस्कार गरेको थियो । एमालेका सांसद गोकर्णराज विष्टले लायक नभएका अर्थमन्त्रीको जवाफ सुनेर बस्नुको अर्थ नहुने भन्दै बाहिरिने बताएसँगै सबै एमाले सांसदहरु बाहिरिएका थिए । 

त्योसँगै झ्वाँक चलेका अर्थमन्त्री शर्माले विधेयक पारित गर्नका लागि प्रस्ताव गर्न पोडियममा गएका बेलामा भने, ‘दुई दुई पटक संसदको गला रेटिएर लोकतन्त्रको हत्या भएको, लोकतन्त्रलाई बचाएर आज यो गठबन्धनको सरकार निर्माण भएको कुरा म स्मरण गर्न चाहन्छु ’ भनेका थिए । 



नयाँ