arrow

दिउँसै घरभित्र चितुवा पस्यो, आक्रमणमा दुई जना घाइते, गाउँ त्रसित

logo
प्रकाश बम, 
प्रकाशित २०७९ असार ३ शुक्रबार
leopard-attack-doti-2079-03-03.jpg

डोटी । डोटीमा घरभित्र पसेर चितुवाले स्थानीयलाई आक्रमण गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका ७ उडितोलामा घरभित्र पसेको चितुवाले दुई जनालाई आक्रमण गरेको हो । 

प्रहरीका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र पसेको चितुवाले आक्रमण गरी पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी बताए ।  

उनले भने, ‘घर घरभित्र छिरेको चितुवा केही बेरपछि मात्रै निस्किएको थियो । चितुवाको आक्रमणवाट ४५ वर्षीया पार्वतीको हात, टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको घाँटी, टाउकोमा चोट लागेको छ ।’

जिल्ला अस्पताल डोटीमा उपचारत घाइते दुवैको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटी, डिभिजन वन कार्यालय डोटीको टोली र स्थानीयको सहयोगमा चितुवालाई वनतिर पठाइएको जोशीले बताए । यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ