arrow

वीपीलाई बनाउन सुशीलाकाे याेगदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
bp-koirala-sushila-koirala.jpg
तस्बिर– महामानव वीपी र उनकी पत्नी सुशीला, अर्काइभ ।

काडामाडौं । जननायक वीपी कोइरालालाई राजनीतिकरुपमा सफल बनाउन उनकी धर्मपत्नी सुशीलाको महत्वपूर्ण भूमिका रहेको जानकारहरूले बताएका छन् । 

सुशीला कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेकोे १५ औँ स्मृति दिवसका वक्ताहरूले नेता कोइरालाका सबै राजनीतिक चरणमा सुशीलाले साथ दिएकाले नै वीपी महामानव बन्न सफल हुनुभएको बताए । 

सो अवसरमा अधिवक्ता अशोक उप्रेती र पुण्यप्रसाद अर्याल तथा पत्रकार कविर राणा र श्याम रिमालले श्रीमती कोइरालाको योगदानलाई चीरस्थायी बनाउन संस्थागत ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनका स्मृतिमा नाट्य प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव दिए ।

यस्तै श्रीमती कोइरालाकी भाइबुहारी कमला शर्मा र अधिवक्ता शान्ता पन्तले तौलिहवा माइती भएका बहुगुणी सुशीलाले घर व्यवहारसमेत सम्हालेर वीपीका हरेक कदममा साथ दिएको बताए । श्रीमती कोइरालाको योगदानबारे आगामी दिनमा विदेशमा समेत प्रचारप्रसार गरिने जनाइएको छ ।
 



नयाँ