- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सामाजिक सुरक्षा तथा तेजाब र अन्य घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले ती विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ६ गते दिउँसो १ बजे बस्नेछ ।