arrow

बयलवास भएको शिविरमा ११० जनाद्वारा रक्तदान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
raktadan-2022.jpg

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास बजारमा शनिबार ११० जनाले रक्तदान गरेका छन् । नेपाल आरोग्य संगठन ईश्वरपुर नगर समितिले आयोजना गरेको शिविरमा सो संख्याका मानिसहरुले रक्तदान गरेका हुन् । 

संस्थाका अध्यक्ष प्रकाश मैनालीको अध्यक्षता, केन्द्रीय अध्यक्ष राजेश कुमार सिंहको प्रमुख आतिथ्यता र ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको विशिष्ट आतिथ्यतामा रक्तदान शिविरसँगै पर्यावरणीय सचेतनामूलक कार्यक्रमसमेत गरिएको हो । 

शिविरमा संकलित रगत नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्तसञ्चार केन्द्र जनकपुर पठाइएको कार्यक्रम संचालक एवं नेपाल आरोग्य संगठन ईश्वरपुरका सचिव शंकर काफ्लेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ