arrow

कांग्रेसको नाममा ठगी आरोपमा नितेशकुमारविरुद्ध मुद्धा

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ असार ४ शनिबार
nitesh-kumar-gupta-rautahat-thag.jpg

रौतहट । रौतहट प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगी आरोपमा पक्राउ गरी ठगी मुद्धा दर्ता गरेको छ । नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य तथा मधेस प्रदेश सभापति कृष्ण यादवका निकटतम नितेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगी मुद्धा दर्ता गरेको हो । 

जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका ३१ वर्षीय गुप्ता नेपाली कांग्रेसका कृष्ण यादवको नाम भजाएर ठग्दै हिँडेका कारण पक्राउ परेका हुन् ।
 
काठमाडौं जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखाले पक्राउ पुर्जी जारी गरेपछि गुप्ता बुधबार काठमाडौं महानगरपालिका वडा नं ९ सिनामंगलबाट पक्राउ परेका हुन् । 

रौतहटका युवा व्यवसायी राजिनन्द साहले ठगी आरोपमा जाहेरी दिएपछि गुप्तालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका गुप्तालाई बिहीबार ईलाका प्रहरी कार्यालय गरुडामा ठगी मुद्धामा म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

विगत लामो समयदेखि नेपाली कांग्रेसको नाम नै बदनाम हुने गरी विभिन्न चन्दा,असुली र नेताको आडमा अवैध असुली धन्दा गरिरहेका गुप्ता बल्ल प्रहरीको फन्दामा परेका हुन् । 

जिल्लाका नेपाली कांग्रेसबाट निर्वाचित पालिकाहरुमा उनले भनेको काम नहुँदा अनावश्यक दुःख दिने गरेको व्यापक गुनासो रहेको छ । 

ठगी मुद्धामा काठमाडौंबाट पक्राउ परेका गुप्ता प्रहरी हिरासतभित्रै नेपाली कांग्रेसको आडमा मोबाइल फोनसमेत दुरुपयोग गर्न सक्ने उनले लेखेको सामाजिक संजाल फेसबुकको स्टाटसले पुष्टि गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ