arrow

एसपीपी प्रकरण : जसले संसदमा हङ्गामा गर्‍यो त्यही पार्टी जोडिएको देखियो -नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं। नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी)लाई लिएर संसद् हङ्गामा गर्ने पार्टी नै त्यसमा जोडिएको बताएका छन् । शनिवार राजधानीको एक कार्यक्रममा नेपालले सरकारले एसपीपीलाई खारेज गर्नुपर्ने बताए।

उनले एमाले को पालमा यो सबै भएको बताए ।  त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भए पनि पछिल्लो पटक सार्वजनिक पत्रले अन्योल थपेको बताए । 

उनले भने “अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो। उठ्दै जाँदा फेरि संसद् जसले आवाज उठाएका थिए, जोडदार रूपमा हङ्गामा गरेका थिए। त्यही पार्टी जोडिएको देखिएको छ।”

एसपीपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादवका बीचमा छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार गरिने बताए। 
 



नयाँ