arrow

कार दुर्घटनामा बालकको मृत्यु, सात जना घाइते, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
accident-final-1618290232.jpg

सर्लाही । जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी ४ वर्षका गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । 

घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर घाइते हुनेहरूमा बृन्दावन नगरपालिका–४, का ४ वर्षका अमितकुमार यादव, १४ वर्षकी मिराकुमारी यादव, ३२ वर्षका जितेन्द्रकुमार यादव, १७ वर्षकी शोभाकुमारी यादव, १० वर्षका गौतम यादव र ६ वर्षका अनिकेत यादव रहेको प्रहरीले जनाएको छ । उनीहरु आठै जना एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । 

अनियन्त्रित भएर कार  दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।  कारण पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगत्तै चालक फरार रहेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार चालकको खोजी भइरहेको जिल्ला पहरी कार्यलयले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुडाथोकीले जनाकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ