arrow

जिप दुर्घटनामा चालक र सह-चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
Accident-sign.jpg

रुकुम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा  मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्का छन् । जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । 

प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ