arrow

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले पाए सफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
bikram-pandey.jpg

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पाण्डे एक्लैलाई मात्र २ अर्ब १३ करोड रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।

यसअघि अख्तियारको फरार सूचीमा रहेका पाण्डे २०७५ माघ २ गते विशेष अदालतमा उपस्थित भएपछि उनीसँग ४ करोड धरौटी लिएर रिहा भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ