arrow

प्रधानसेनापति लेबनानमा, असार १३ बाट अमेरिका भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
sharma-leblan.jpg

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानको भ्रमणमा रहेका छन् । आइतबार प्रधानसेनापतिले लेबनानस्थित युनिफिल मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गरेका छन् । 

भ्रमणको दौरान प्रधानसेनापति शर्मा लगायतको भ्रमण टोलीले उक्त मिसनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिइ उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गरेका छन् ।

उनले शान्ति स्थापनार्थ वीरगति प्राप्त नेपाली शान्ति सैनिकहरूको सम्मानमा निर्मित हेडक्वार्टरस्थित वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनले गोर्खा ग्रीनपार्कको उद्घाटन गर्नुका साथै वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रधानसेनापति लेबनान पुगेका हुन् । उनी अब सिरिया हुँदै अमेरिका प्रस्थान गर्नेछन् । अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

अमेरिकाको भ्रमण टोलीमा पाँच सदस्य सहभागी हुनेछन् । प्रधानसेनापति शर्मा असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ