arrow

सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारणबारे सदनमा जवाफ दिन सभामुखको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
agni-prasad-sapkota-2079-03-06.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । 

बैठकको शुरुआतमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् । 

सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ