arrow

एमालेले संसद् बैठक बहिस्कार गर्‍यो, अर्थमन्त्री सम्बोधन गर्न जानै भएन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
gokul-parliament.jpg

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ छ । हिजो पञ्चायतमा पनि देखिँदैनथ्यो, प्रतिपक्षीलाई ।’ 

आरोप लागेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्न अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै उनले भ्रष्टाचार र अनियमितताको छानबिन हुनुपर्ने र यसका लागि एमाले प्रतिवद्ध रहेको बताए । 

अर्थमन्त्रीलाई राजीनाामा दिन आग्रह गर्दै उनले भने, ‘एमालेलाई नलकार्न भन्छु, राजीनामा दिनुहोस् ।’ अर्थमन्त्री शर्माको जवाफ सुन्न जनताले चाहँदैन भन्दै बास्कोटाले एमालेले आर्थिक विधेयकमाथि उठेका प्रश्नको अर्थमन्त्रीले दिने जवाफ नसुन्ने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिए । 

यसपछि एमालेले बैठक बहिस्कार गर्यो भने अर्थमन्त्री शर्माले जवाफ दिएका छन् । उनले प्रतिपक्षीलाई आफूले कहिल्यै कहाँ छ भनेर नभनेको स्पष्ट पारेका छन् । तर प्रसङ्गवश कहिँ भनेको कुरा यहाँ जोडिएको समेत बताएका छन् । 

उनले प्रतिपक्षलाई सँगै सरकारमा हुँदा, सडकमा हुँदा, संसद विघटन गर्दा देखेको भन्दै ब्यङ्ग्य गरे । 

बजेटमा करका दर तलमाथि गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा लगेको भन्दै एमालेले आपत्ति जनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ