arrow

के छ डिला संग्रौलाले संसदमा प्रस्ताव दर्ता गरेको जरुरी सार्वजनिक महत्वको विषयमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
dila-sangraula1.jpg

काठमाडौं । वर्षायाम शुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसकी सांसद डा डिला सङ्ग्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र प्रकाश रसाईली स्नेहीको समर्थनमा प्रतिनिधि सभामा सार्वजनिक विषयको महत्वमाथि छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।  
 
सांसदहरुले कुन ठाउँमा बाढीपहिरोको जोखिम छ भन्ने विषयमा अध्ययन गरी न्यूनीकरणमा ध्यान दिनुपर्ने बताएका छन् । नेपालमा हरेक वर्ष वर्षायाममा बाढीपहिरो, चट्याङ तथा डुबानका कारण धनजनको क्षति हुने गरेको भन्दै प्राकृतिक विपत्तिसँग जुध्ने पूरा तयारी नहुँदा, सजगता अपनाउन नसक्दा मानिसले ज्यान गुमाउनु परेको भन्दै यसबारे आवश्यक तयारी गर्नुपर्ने बताइएको छ ।

यस्तो छ पत्र–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ