arrow

नागरिकता नहुँदा ८८ वर्षीया वृद्धा सामाजिक सुरक्षाबाट वञ्चित

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ असार ७ मंगलबार
bindra-dhami.jpg

दार्चुला । जिल्लाको अपीहिमाल गाउँपालिका-६ राङ्पाङ बस्ने ८८ वर्षीया बिन्द्रा धामीसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । पाको उमेर भइसकेकी धामी न कान सुन्छिन् , न आँखा देख्छिन् । शाररीक रूपमा अशक्त भए पनि उनीसँग नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र पनि छैन ।
 
वृद्धावस्थामा छोराहरूको साथ नपाएकी धामी अहिले नाति-बुहारीको घरमा जिन्दगीका बाँकी दिन कटाइरहेकी छिन् । छोरा तथा आफन्तहरूले नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत नपाएको धामीको गुनासो छ । 

देशमा सङ्घीयता आएर स्थानीय सरकार गठन हुँदा सिंहदरबार गाउँमा आएको भनिए पनि धामीका लागि भने यो आकाशको फल आँखा तरी मर भने जस्तै साबित भएको छ । ५ वर्ष बित्दा पनि वडाबाट उनको नागरिकताका लागि सिफारिस भएको छैन । 

यस विषयमा नवनिर्वाचित वडा नम्बर ६ का अध्यक्ष धनसिंह धामीले छिट्टै वडाबाट सिफारिस गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि वडाको सिफारिस नआएको बताउँदै नागरिकता नपाएको भए प्रशासनले सहजीकरण गर्ने जनाए । 

‘वृद्ध भएकाले उहाँ डिड्न सक्नुहुन्न, बरु हामी घुम्ती शिविर नै सञ्चालन गरी नागरिकता प्रदान गर्छौ,’ सहायक प्रजिअ साउँद भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ