arrow

कांग्रेस महामन्त्री र मन्त्रीले गरे हजयात्रीलाई बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
gagan-athak.jpg

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन् । 

दुवैले मङ्गलवार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । 

बिदाइ हुनेहरूमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधि रहेका छन् । 

हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।
 



नयाँ